जन्म दिन मनाएकाे केककाे वासना उडेकै थिएन।काेठाभरि छताछुल्ल एउटा उन्माद पाेखिएकाे थियाे।वेलुनहरु फिर फिर फिर फिर हावामा नाच्दै थिए ।बेलुकाकाे नाै वजे पछाडि साथीहरु विदा गरेर दिनभरिकाे थकानले विद्धु उसकाे पलङ्मा पल्टिरहेकाे थियाे । काेठाकाे एउटा झ्याल खुल्ला थियाे तर बाँकी झ्याल ढाेका बन्द थिए। वाहिरकाे निस्पट्ट अँध्याराेका कारण भित्रबाट कुनै छायाँ बाहिर हल्लिरहेझै मात्र देख्न सकिन्थ्यो ।काेठामा सानाे मधुराे वत्ति वलेकाे थियाे ।त्याे वत्तीकाे प्रकाशमा उस्का काेठाका सामानहरु सबै प्रस्ट देखिन्थे ।भुँइमा राखेकाे पानीकाेभाडाे र गजमज छरिएका कपडा माथि उसले सर सर अाँखा घुमाउँदै लग्याे ।वालकाे हेङ्गरमा राखेका केही कपडासँगै झुन्डिएको उपहारलाई वढी ध्यान दिएर एक टहकले हेरिरयाे ,जुन उपहार अाज जन्मदिनकाे सन्दर्भमा रसिलाले उसलाई दिएकी थिई ।
उस्का काेठामा भएका सबै सामान भन्दा अलिक नाैलाे र भिन्न खालकाे देख्याे उसले त्याे उपहार।अाँखा तेसैमा वढी केन्द्रीत भएझै भान भयाे। मनमा छट्पटी पैदा भयाे ।कता कता पाेले झै लाग्याे । अफ्ठेराे जस्ताे ,अनावश्यक जस्ताे ,उसकाे मनले पटक्कै स्वीकार गरेन।उस्ले साेच्याे याे रसिला !याे अाईमाई हाे। यसले मलाई उपहार दिनुकाे पछाडि के रहस्य छ ?याे उपहारकाे मतलव के हाे? ?उपहारवाट रसिलाकाे अनुहार निस्केर उस्लाई वाेलाएझै लाग्याे ।भनेझै लाग्याे !ए विद्धु लभ यु साथी।ऊ तर्सियाे। याे उपहारले मलाई नाकी लाएकाे हुन सक्छ। कुनै अनाैठाे नाता जाेडेकाे हुन सक्छ । याे मेराे गलाकाे पासाे हुन सक्छ ।ऊ हरेक हरेक साेच्न थाल्याे। चारै तिर काेठामा रसिला नै रसिला देख्न थाल्याे । अनुहार नै अनुहार देख्न थाल्याे ।ती अनुहारले जिस्क्याई रहेझै लाग्याे।त्याे उपहार तिर धेरै वेर हेर्न पनि चाहेन उसले। हेङ्गरवाट उठाएर कन्तुरमा लगेर काेचेर राख्याे र लामाे सास फेर्याे । साेच्याे ,भाेलि पशुपति जान्छु र वाग्मतीमा वगाई दिन्छु।
रसिला त विवाहित नारी हाे ।उस्काे घर छ, ,परिवार छ , लाेग्ने छ, भएन छाेरी पनि छ ,एउटी ,याे अामा हाे।
किन किन उस्लाई एकदम पीडा भयाे। झ्यालवाट बाहिर हेर्याे ,साेच्याे , याे रसिला र उसकाे उपहारलाई म कसरी मबाट मेटाउन सक्छु ?? ऊ केही सुस्तायाे अनि माेवायल तानेर फेसवुक हेर्दै गयाे ।जन्म दिनका धेरै धेरै सुभकामनाहरु , टायमलाइनका वालभरि झिलिमिली थिए।त्यसै गरी गफ वाकसमा पनि टन्नै म्यासेजहरु थिए ।ऊ पढ्दै गयाे ।अनि रसिलाकाे म्यासेज पढ्याे "विद्धु जन्म दिनकाे लाख लाख सुभकामना "!!
पटक पटक उस्ले पढिरह्याे ।उसकाे छाती निकै छल्कियाे । शरीर तातेर अायाे।पसिना पसिना भयाे। सास वढ्याे।टाउकाे चर्कियाे ।कान ताता ताता भए । उस्ले सम्झियाे रसिलाले भनेकी थिई "सुन त विद्धु तिमीले मलाई विर्सन्छाै कि भनेर म याे उपहार तिमीलाई दिँदै छु।" ऊ झन् अतालियाे अाेहाे !फसाद मैले रसिलालाई किन सम्झि रहने ? ऊ मेराे काे हाे र ? याे सव जरुरी नै थिएन ।ऊ जुरुक्क उठेर गयाे र कन्तुर उघार्याे अनि उपहारलाई बाहिर तान्याे। फेरि साेच्याे ,के वगाई रहनु र पशुपतिमा ! वरु एउटा मिल्ने साथीअाएकाे वेलामा उसैलाई दिन्छु। ऐले कसैले देख्याे भने उसलेे काेठाकाे कुनामा लगेर पुराना लुगाले छाेपेर लुकायाे । अाएर फेरि वस्याे खाटमा ।पसिना पुछ्याे ।खुई खुई गर्याे पटक पटक मनले भन्याे के गराै अब ???
ऊ सहनै नसक्ने भयाे। सर सर गफबाकस उघारेर रसिलाले पठाएका एकएक म्यासेज डिलिट गर्याे।माेवायलनै अफ गरेर रिसाए झै ऊ गमक्क परेर अर्का पट्टि फर्कियाे र एकछिन अाँखा बन्द गरेर वस्याे।
हुन त रसिला र विद्धु निकै घनिस्ट साथी थिए। सानी एक छाेरीकी अामा शिक्षित र सभ्य रसिला निकै एक्टिभ र फ्रेक स्वभावकि थिई। साडी काे पहिरनमा लामाे कपालकाे चुल्ठाेमा रुप र अधवैसे याैवन लुकाएकी रसिला निकै वजनदार वहस गर्थी ।निडर भएर वाेल्ने र सबैसँग घुलमिल हुन चाहने उसकाे वानी थियाे। केटा साथीहरुसँग पनि केटी साथीसँग जस्तै जिस्किने र बाेल्ने गर्थी रसिला।विद्धु र रसिलाकाे सामाजिक सन्जाल मार्फत सामान्य चिनजान थियाे ,अगाडि देखिकै फेस टु फेस भने थिएन ।गफबाकसमा कहिलेकाँहि देशलाई कसरी स्वराेजगार मुलुक बनाउन सकिन्छ र नेपालकाे अर्थ तन्त्र कसरी मजवुत वनाउन सकिएला भन्ने विषयमा गहन कुरा कानी हुन्थ्याे। विद्धुले पनि अाफू हरेक कुरामा अड मान्ने ,लजाउने र शङ्कालु वानीकाे छु भन्ने कुरा थाहानै पाएन ।अाज पनि विद्धुलेनै रसिलालाई सम्झाएकाे थियाे ,"ए रसिला अाज मेराे जन्म दिन हाे वीस गर्दिनाै मलाई??"
रसिलाले हाँसेर भनेकी थिई ,अाेहाे ! हाेर विद्धु ?
तिमीलाई वीस गर्ने मात्र काहाँ हाेर जन्म दिनकाे उपलक्ष्यमा उपहार नै दिन्छु म ।सपिङ महल अाउ न बाेलाई रसिलाले। विद्धुले विस्वासनै गरेन जिस्कदै भन्याे ,अाेहाे हाेर ?ल म अाउँछु । जन्म दिनमा उपहार दिँदा पनि नाई कसरी भनुला र ? उस्ले स्वीकार्याे। दिनकाे ठिक एक वजे तिर एउटा साथीलाई साथमा लिएर विद्धु सपिङ महल पुग्याे ,जहाँ रसिला उनीहरुकाे अागमनलाई कुरि रहेकी थिई।
भेट्ना साथ तिनै जनाले एकअापसमा हात मिलाए र परिचय गरे ।विद्धुले अाफ्नाे व्यागबाट एउटा क्याटवरी निकालेर रसिलालाई दिँदै भन्याे लेऊ न रसिला मेराे तर्फवाट जन्म दिनकाे काेसेली ।रसिलाले भनी अाहा !काेसेली पनि दिने ? साथीले भन्याे , भाेजनै दिनु पर्ने हाे यसले तेतिकै टार्न लाग्याे। रसिला विद्धुकाे अनुहार हेरेर खिस्स हाँसी ।अाज विद्धुकाे कारणले हजुर जस्ताे रेश्पेक्टेड व्यक्ति सँग परिचयकाे माैका पाएँ,खुसी लागेकाे छ । साथीले कुरा थपेर रमाइलाे ठट्टा गरे। केही क्षणकाे सामान्य गफगाफ पछि उनीहरु सपिङ्ग महल तिर पसे ।तिनै जनाकाे छनाैटमा रसिलावाट एउटा उपहार किनियाे र मित्रताकाे चिनाे ठान है भन्दै रसिलाले विद्धुकाे हातमा राखी दिई ।
समय अभावका कारण उनीहरु लामाे समय वसेनन् त्यहाँ । एउटा नास्ता पसलमा छिरेर एक एक वटा कफी पिए पछि उनीहरुअाअाफ्नाे गन्तव्य तर्फ लागेका थिए ।
यिनै सम्पूर्ण घटना परि घटनालाई मनमा खेलाएर विद्धु पटक्कै निदाउन सकेन ।हुन त त्याे उपहार प्रति विद्धुलाई झिनाे श्रदा पनि थियाे। किन कि रसिलासँगका विगतका केही सम्वाद तर्क र ख्याल ठट्टाहरु भने ऊ सम्झि रहन्थ्याे । मित्रताकाे सुरुमा विद्धयुले अलिक वढी प्रयास गरेरनै उनीहरु साथी बनेका थिए ।
अाज एकाएक उपहारकाे प्राप्ति पछाडि विद्धुकाे मनभित्र छुट्टै प्रकारकाे भावना जन्मियाे र ऊ याे मित्रतालाई एउटा ठुलाे वाेझकाे रुपमा लिन थाल्याे ।शङ्कै शङकाले जल्न थाल्याे। उस्लाई वाेल्न हाँस्न र उमङ्गित हुन पनि मन गरेन। उपहार सम्झेपछि मनमा एक प्रकारकाे वितृष्णा जन्मियाे र रसिलासगँकाे मित्रता प्रति अाफ्नाे कम्जाेरी महसुस गर्याे। भारि पछुतायाे। जन्म दिन मनाएकाे राती ऊ राम्ररी निदाउनै सकेन ।वार वार उसका नजरमा रसिलाकाे उपहार घुमिरह्रयाे।फन फन फन ।
विहानकाे सात वजिसकेकाे थियाे। विद्धु अाेछ्यानमै लडिरहेकाे थियाे ।
माेवायलकाे घन्टीले भनिरहेकाे थियाे रसिला ईज कलिङ । उस्ले अालस्य्यका साथ अाँखा तानेर हेर्याे तर फाेन रिसिभ गरेन ।पटक पटक वज्याे घन्टी ।अनि विद्धुले माेवायल समायाे र कल व्लक गर्रेर अर्का पट्टि फर्केर सुत्याे ।ऊ मनमन बाेल्दै थियाे अँ रसिलाकाे उपहार एउटा माग्नेलाई दिन्छु।
यत्ति वेलै उस्काे साथी फुत्त काेठामा पसेर भन्याे ,ए विद्धु खै हेराै राम्ररी रसिलाकाे उपहार!! हेर याे मैले लगाएकाे टि सर्ट पनि तेरी रसिला जस्तै मेरी साथीले उपहारनै दिएकाे हाे । म हरेक पल्ट याे सर्ट लगाए पछि उनी भित्रकाे पवित्रता र मित्रतालाई सम्झने गर्छु ।हर्षले अाफैमा उमङ्ग भर्छ यार !! उपहार भनेकाे सम्मानकाे फूल हाे ,चाहे त्याे जस्ले जस्लाई देअाेस्।
विद्धु साथीकाे कुरा सुनेर छाँगाबाट खसेजस्तै भयाे र देखाउनका लागि कुनाबाट ल्याएर साथीकाे हातमा राखिदियाे रसिलाकाे "उपहार