कोशी प्रदेशमा विवादका कारण रोकिएको खेलकुलद प्रतियोगिता पुन:हुने

<span class='c1'>कोशी प्रदेशमा विवादका कारण</span> <span class='c2'>रोकिएको खेलकुलद प्रतियोगिता पुन:हुने</span>

विराटनगर । नयाँ सरकार गठन र राजनैतिक हस्तक्षेपका कारण पटक पटक विवाद र रोकिएदै आएको प्रदेश स्तरीय खेलकुदका कार्यक्रमहरु पुन:हुने भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पुन:बहालीका विषयमा यस अघि विवाद हुँदै आएको थियो । यस अघि बोर्ड सदस्य सचिवमा हंशराज वाग्ले थिए । त्यसबेला पनि विविध राजनैतिक हस्तक्षेपका कारण कोशी प्रदेशमा खेलकुदका गतिविधीहरु हुन सकेका थिएनन् । अहिले कोशी प्रदेशमा नयाँ सरकार गठन भए लगत्यै पुन:कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिवमा एमालेबाट कृष्ण बस्नेत (पर्शुराम) को पुन:बहाली भएको छ ।

बस्नेत २०८१ बैशाख २० गतेदेखि प्रदेश खेलकुद विकास बोर्डमा पुन:बहाली भएका थिए । बस्नेतले आफु सदस्य सचिवमा पुन:बहाली भए लगत्यै रोकिएको खेलकुद प्रतियोगितालाई सुचारु गर्ने निर्णय गरेका छन् । बस्नेतले बुधबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी
रोकिएको खेलकुद प्रतियोगिता पुनः सुरु गर्ने बस्नेतले जानकारी दिएका छन् ।

आगामी असार १५ गतेसम्ममा कोशी प्रदेशमा खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरी कार्यक्रमलाई अगाडी बढाईने सदस्य सचिव बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए । असार १५ गतेभित्र १० वटा खेलकुद प्रतियोगिता सम्पन्न गर्न १ करोड भन्दा बढी रकम खर्च हुने जानकारी दिए । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले असार ३ गतेदेखि ७ गतेसम्म तेह्रथुममा पुरुष फुटबल प्रतियोगिता, असार ८ गतेदेखि १३ गतेसम्म खोटाङमा महिला फुटबल प्रतियोगिता, असार ७ देखि १० गतेसम्म मोरङमा कबड्डी प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ ।

यस बाहेक मोरङमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता, सुनसरी मोरङ र झापामा महिला सेल्फ डिफेन्स तालिम तथा योग प्रशिक्षण, सुनसरीमा कुरास प्रतियोगिता, पौडी, मोरङमा पौडी, भारतोलन प्रतियोगिता, मोरङ र तेह्रथुममा विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्