विराटनगरको मानगढ खानेपानी : चार अर्बमा नेतृत्व हानथाप, धाँधलीको नाममा निर्वाचन परिणामविहीन

<span class='c1'>विराटनगरको मानगढ खानेपानी : चार अर्बमा</span> <span class='c2'>नेतृत्व हानथाप, धाँधलीको नाममा निर्वाचन परिणामविहीन</span>

विराटनगर । पाँचवर्षे कार्यकालका लागि गत शनिबार भएका निर्वाचनमा धाँधली विवाद सिर्जना भएपछि विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नेतृत्वविहीन भएको छ । निर्वाचनको दिनदेखि सुरु विवाद जिल्ला प्रशासन कार्यालय मोरङमा विचाराधिन छ । मतदाताले मत हालिसकेपनि नयाँ नेतृत्वको नतिजा आएको छैन । मतदानकै प्रक्रियाबीच रोकिएको निर्वाचनमा थप मत हाल्न चाहने मतदाताको अधिकार समेत कुण्ठित भएको छ ।

विराटनगरको सबैभन्दा ठूलो खानेपानी आयोजना उपभोक्ताको २० प्रतिशत लगानीसहित जापान सरकारको सहयोगमा २०५४ सालमा निर्माण सुरु गरेर २०६३ सालमा उपभोक्तालाई हस्तान्तरण गरिएको थियो। आयोजनाबाट २०६३ देखि औपचारिक हिसाबले उपभोक्तालाई पानी वितरण सुरु गरिएको थियो। आयोजनाबाट लगभग ६ हजार घरधुरी लाभान्वित छन्। पछिल्लो पटक पाँचौं कार्यकालका लागि २०७५ जेठदेखि राम घिमिरे अध्यक्ष बनेका थिए।

उनीमाथि आयोजना निर्माण गरेको सकारात्मक भावना रहेपनि उनले त्यहाँ भित्र चौपट्ट भ्रष्टचार गरेको आरोप समेत रहेको छ । त्यो आरोप विराटनगर–३ मा २०८० असारमा २६ धुर जग्गा ८४ लाख रूपैयाँमा खरिद गरेको देखाइएको भएपनि त्यहाँ भनेजति जमिन नभएकोबाट पुष्टि हुने आरोप छ । सुनसरी मोरङ सिँचाई आयोजनाको नहरमा पर्ने जग्गासहितको गरेर २६ धुर किनेको भएपनि फिल्डमा पुर्जावाला जग्गा १२–१३ धुर मात्रै रहेको दावी छ ।

मानगढ खानेपानी आयोजनाको नेतृत्व निर्वाचित गर्नका लागि मतदान भइरहेको बेला गत शनिबार मतदानस्थलमा विवाद भएको थियो । अध्यक्ष पदका उम्मेदवार राम घिमिरे पक्षले धाँधली गर्न खोजेको भन्दै दुर्गा चापागाई समुहले होहल्ला चलाएका थिए । मतदान रोकेर विवाद मिलाउने प्रयास बिफल भएपछि निर्वाचन समितिले मतपेटिकामा परेको मतको सुरक्षा गर्न मुचुल्का तयार पारेर शिलबन्दी र लाहाछाप लगाएर सुरक्षालाई जिम्मा दिएको थियो ।

उपभोक्तामध्ये ५३ प्रतिशत मतदाताले मतदान गरिसकेको भनाई छ । मतपेटिकामा भएको मत गणना गर्ने वा पुन मतदान गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्न सकिएको छैन । अध्यक्ष पदका उम्मेदवार चापागाईँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिदैं पुन निर्वाचनको माग गरेकी छिन् । अध्यक्ष पदका उमेदवार राम घिमिरे, लालमणी भट्टराई र चापागाँई थिए ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३ हजार ३७२ जना मतदाताले निर्वाचन अधिकृतहरुबाट मतपत्र बुझेका छन् । मानगढका ५ हजार ९ सय उपभोक्ता छन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मानगढ खानेपानीको निर्वाचन सम्बन्धी विवाद निरुपणका लागि कानुनी परामर्श गरिरहेको बताएका छन् ।
यसमा पुनः ‘निर्वाचन, निर्वाचनमा भाग लिनलाई सहभागी गराउने र गणना गर्ने वा मतदान भईसकेको ब्यालेट गणना गरेर नेतृत्व चयन गर्ने विषयमा छललफल गरिदैं आएको छ । यसको निर्णय शुक्रबारसम्ममा आउने जिल्ला प्रशासन कार्यालयले बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्