सहकारीको ७ करोड ४० लाख बचत रकम हिनामिना गर्ने सञ्चालक पक्राउ

<span class='c1'>सहकारीको ७ करोड ४० लाख बचत</span> <span class='c2'>रकम हिनामिना गर्ने सञ्चालक पक्राउ</span>

काठमाडौं । काठमाडौंमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रूपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको अभियोगमा ३ जना संचालक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ६६ वर्षीय बाशुदेव मान जोशी, संस्थाका सचिव वडा नं. २५ केलटोल बस्ने ६७ वर्षीय सुवर्ण सेलालिक र संस्थाका सदस्य वडा नं. २६ नरदेवी बस्ने ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन् । उक्त बचत रकम अपचलन तथा हिनामिना गरेको सम्बन्धमा काठमाडौं महानगरपालिका सहकारी विभागको पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरूलाई सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्