विराटनगरका सफाईकर्मीका स्वास्थ्य परीक्षण शिविर

<span class='c1'>विराटनगरका सफाईकर्मीका स्वास्थ्य</span> <span class='c2'>परीक्षण शिविर</span>

विराटनगर । विराटनगर महानगरपालिले सरसफाईकर्मी (सफाई मजदुर) को निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ ।

महानगरपालिकाले सरसफाईकर्मीको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको हो ।

विराटनगर महानगरपालिका शहरी स्वास्थ्य महाशाखा प्रमुख दिलिपकुमार यादवका अनुसार झण्डै ३०० संख्यामा रहेका सफाई मजदुरको स्वास्थ्य परीक्षणका साथै अभिमुखीकरण गरिने छ । दैनिक सरसफाईमा खटिने मजदुरहरुको स्वास्थ्यमा कुनै समस्या रहेको वा नरहेको भन्ने यकिन गर्न समेत स्वास्थ्य शिविर आयोजना गरिएको यादवको भनाई छ ।

महानगरपालिकाले नेपाल डेब्लोप्मेन्ट सोसाईटीसँग महानगरले सहकार्य गरी कार्यक्रम गरेको हो । मुख्य गरी छाला, श्वासप्रश्वास, आँखा जाँचलाई प्राथमिकतामा राखिएको छ ।

एचआईभी, हेपटाईटिस वि, हेपटाईटिस सि, टिवरक्लोसिस, सुगर लगायतको विशेष जाँच भईरहेको नेपाल डेब्लोप्मेन्ट सोसाईटी सोलिड हेल्थकी प्रोजेक्ट डाईरेक्टर गीता साहले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्