तीनै तहका सरकारले वित्तिय अनुशासन कायम गर्न सकेनन : सांसद परियार

<span class='c1'>तीनै तहका सरकारले वित्तिय अनुशासन कायम</span> <span class='c2'>गर्न सकेनन : सांसद परियार</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियार तीनवटै तहको सरकारले वित्तिय अनुसाशन कायम गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको मन्त्रालयगत छलफलमा सहभागी हुँदै सांसद परियारले तीनै तहको सरकारले वित्तिय अनुसाशन कायम गर्न नसक्दा पुँजीगत खर्च गर्न नसकिएको बताएका हुन् ।

एउटै शिर्षकमा खर्च गर्न सकिने बजेटलाई विभिन्न शिर्षक बनाएर खर्च बढाउँदै लैजाने गरियो भने त्यो रकमको सही ठाउँमा सदुपयोग गर्न नसकिने परियारको भनाइ थियो । उनले भने, ‘एउटै शिर्षकबाट खर्च गर्न सकिने बजेटहरु विभिन्न मन्त्रालयबाट विभिन्न शिर्षकहरु बनाएर खर्चहरु बढाउँदै जाने, रकम वृद्धि गर्दै जाने र त्यो रकमको पनि सही सदुपयोग नहुने विगतदेखिको परम्परा छ । त्यसैले कानून मन्त्रालयको सन्दर्भमा बजेटको उपशिर्षक २१(१४२)मा पदाधिकारी, अन्य सुविधा भनेर शिर्षक राखिएको छ । यसका अलवा पदाधिकारीका अन्य सुविधा, पदाधिकारकिो बैठक, पदाधिकारीको भत्ता लगायतका शिर्षकमा रकमहरु क्रमश प्रत्येक वर्ष बढाउँदै लगिएको छ । यसै वर्ष पनि क्रमशः एक लाख, सोह्र लाख, सत्र लाख गरि पटक पटक रकम वृद्धि हुँदै गएको छ । त्यसैले रकम घटाएर वा शिर्षकहरुको रकम घटाएर एक रुपैयाँ कायम गरियोस् भन्ने औपचारिक प्रस्ताव पेस गर्न चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्