एकीकृत प्रवेश परीक्षाको केन्द्र विराटनगरमा राख्नु पर्ने माग गर्दै आयोगलाई ज्ञापनपत्र

<span class='c1'>एकीकृत प्रवेश परीक्षाको केन्द्र विराटनगरमा राख्नु</span> <span class='c2'>पर्ने माग गर्दै आयोगलाई ज्ञापनपत्र</span>

विराटनगर । कोशी प्रदेश र मधेस प्रदेशका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई सहजहुने गरि चिकित्सा शिक्षा आयोगद्वारा लिईने एकीकृत प्रवेश परिक्षाको केन्द्र विराटनगरमा राख्नु पर्ने माग गर्दै विराटनगरको एचिभर्स कन्सल्टिङ सर्भिसेजले शिक्षक आयोगलाई ज्ञापनपत्र बुझाएका छन्।


प्रत्येक संकायको परिक्षा शुल्क घटाउनु पर्ने समेत माग एचिभर्स कन्सल्टिङ सर्भिसेज टिमले उक्त ज्ञापनपत्रमा उल्लेख गरीएको छ । चिकित्सा शिक्षा आयोगले २०८१–०२–२८ गते निकालेको सुचना अनुसार विभिन्न कार्यक्रमको लागि पाँच दिनमा प्रवेश परिक्षा लिने र प्रत्येक संकायको परिक्षा शुल्क रु ४ हजार लाग्ने सुचनामा उल्लेख छ ।कोशी प्रदेशमा हाल सम्म ४ वटा चिकित्सा शैक्षिक अस्पतालहरु रहेका छन् । देश संघीयतामा गईसकेकोले प्रत्येक प्रदेशमा प्रवेश परिक्षाको केन्द्र राख्नु पर्नेमा देश भरिका प्रवेश परिक्षा काठमाडौ उपत्यकामा मात्र हुने सूचना प्रकाशित गरिएको छ ।

जुन संघीयताको खिलाफमा भएको एचिभर्स कन्सल्टिङ सर्भिसेजका निर्देशक पवन साहले बताए । तसर्थ उनका अनुसार प्रवेश परिक्षा प्रत्येक प्रदेश केन्द्रमा हुनु पर्ने माग गरेका हुन् । उक्त ज्ञापनपत्र कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईमार्फत चिकित्सा शिक्षक आयोगलाई ज्ञापनपत्र बुझाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्