इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नगरवासीहरुले तीव्र असन्तुष्टि जनाएका छन् ।
विराटनगर महानगरपालीकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अधिकांश नगरवासीले विकास निर्माणदेखी शिक्षा स्वास्थ्य तथा खेलकुदका क्षेत्रमा चित्त बुज्दो प्रगति नदेखिएका कारण नगवासीहरुले आलोचना गरे ।
कार्यक्रममा सहभागी विराटनगर ५ सामाजिक अभियान्ता समेत रहेका उद्धव बहादुर केसीले नगरभित्र ट्राफिक व्यवस्थापनमा ठुलो समस्या देखिएको बताए ।
उनले सडक पेटिनै नभएकोले फलैचा जथाभावि राखिनु निन्दनिय भएको भन्दै महानगरले गरीरहेको कुनै पनि विकासका कार्य गुणस्तर्य नभएको गुनासो गरे ।
यस्तै सामाजिक अभियान्ता प्रितम साहले महानगरको कुनैपनि योजनामा नगरका युवा पुस्तालाई सहभागी नगराएको गुनासो गरे ।
साह भन्छन् खै यो कार्यक्रममा पनि युवा म एक्लै देख्छु नगरका अन्य युवाहरुले किन सहभागिता जनाएनन् । महानगरले विकासको कार्यमा वजेट अभाव भईरहेको छ भन्दै गर्दा हामी युवाको सहायता किन नलिएको ,उनले यसैक्रममा धरानका मेयर हर्क साम्पाङको उदाहारण दिँदै भने धरानमा कतिपय कार्य श्रमदानमा सम्पन्न भएको छ । त्यहि सिको यहाँ किन नगर्ने ।
सुगल भट्टराईले नगरवासीले दैनिक उपभोग गर्ने उपभोग्य वस्तुहरुको समेत महानगर मार्फत अनुगमन नभएको गुनासो गरे । नयाँ गुद्रिमा विक्री भईरहने भारतवाट भित्रिने हरीयो साग, सब्जीमा समेत अत्याधिक विषादी हुने गरेको उनको भनाई थियो ।
कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की समक्ष वक्ताहरुले विराटनगरको विकास कार्यलाई थप प्रभावकारी बनाउन केहि बुदागत सुझाव दिएका हुन् । महानगर जस्तो ठाउँमा कछुवाको गतिमा विकास हुनु लजास्पद भएको सहभागीहरुले गुनासो गरे । मेयर नागेश कोईरालाले कार्यक्रममा पढेर सुनाएका प्रगति विवरण समेत सन्तोष जनक नभएको गुनासो सहभागीहरुले गरे ।