-सविना श्रेष्ठ
हरियाली जंगलमा कयौं छन्
बोट्बिरुवाहरु सोच्नै नसक्ने
पहाडका ती कुना कुनामा
जहितहिँ भेटिन्छन्।
ढल्न देउ ढलोस त्यो बुढोरुख
सारा जंगल ढाकेर खाएको थियो
कलिला मुना बेचेर खाडिमा
राजा बनेर रैथाने भएर राज गरेको थियो।
भर्खरै उकालो लागेको बिरुवाको
भविस्य खोसेर सपना मारेर
संसार ओगटेको थियो।
बैशाखमा झरेको पात झै
सबैलाई श्वास फेर्न नदिएर
मरभुमिमा पसिना बेच्न बाध्य बनाउने
यहि बूढो रुख हो।
अब ढल्नैपर्छ जरै उखलिएर
ढल्नदिउँ तन्नेरी घामसंगै
उर्लदो बैँसे बिरुवालाई
छाड्दिउँ देश
उठाएर काम छैन यो बुढोरुख
कलिला ती बचेरालाइ मल जल
गरेर हुर्काउँ र जोगाउँ देश
खेमाबन्दि बन्न नदिउँ
सर्याङ्गै सुकेर बसेकोछ।
सुक्न दिउँ चिता बन्न दिउँ
आगोमा जल्न दिउँ
खरानी हुन दिएर पखालिन दिए हुन्छ
भ्रष्टाचार गरेर उठ्नै नसक्ने भएकोछ
निमुखाहरुको खुन चुसेर
दिनै रातै ढाल्दै उठ्दै गर्न नदिउँ
ढल्नै दिउँ यो बूढो रुखको
काम छैन बुढोरुख।।
विराटनगर-१२