फेसनेबल महिना साउन: हरियो चुरा र मेहेन्दी संस्कार कि फेसन ?

<span class='c1'>फेसनेबल महिना साउन: हरियो चुरा र</span> <span class='c2'>मेहेन्दी संस्कार कि फेसन ?</span>

-चन्द्र पौडेल
प्रत्येक वर्ष साउन महिना शुरु भएसंगै महिलाहरुले हरियो,पहेँला चुरा,मेहेन्दी, हरियो लुगा लगाएर महिलाहरू सजिने गर्दछन् । साना-साना बालिकादेखि युवतीहरु पनि साउनमा हरियो चुरा र मेहेन्दी लगाउन उत्साहित हुन्छन् ।

साउन महिनामा जताततै हरियाली हुँदा यो महिनालाई विशेष गरि हरियो महिनाको रुपमा पनि चिनिने गर्दछ । हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् ।

विशेष गरि यो प्रचलन विवाहित महिलाले सौभाग्य पतिको रुपमा हरियो चुरा लगाउने गर्दछन भने अविवाहित युवतीले पनि राम्रो वर प्राप्त होस् भन्ने उद्देश्यले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन चलिआएको छ ।

हिन्दू धर्म आफै पनि प्रकृति प्रेमी धर्म र महादेव पनि प्रकृतिमै (कैलाश पर्वत) बस्ने भएकाले पनि साउने सोमबारमा हरिया—राता सौभाग्यका प्रशाधन लगाइने चलन छ । केही समययता साउनभरी हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरापोते, नेलपोलिस, मेहेन्दी आदि लगाई सोर्ह शृंगारमा सजिएर उपासना गर्ने चलन बढेको छ । यतिबेला महिलाहरू मठ-मन्दिर, बाटो, अफिस, घर सबैतिर हरियो रंगमा सजिएका देख्न सकिन्छ । साउनका लागि भनेर पहिरन किन्ने वा बनाउने तथा आफन्त एवं साथीभाइबीच सौभाग्यका सामग्रीहरू आदान-प्रदान गर्ने चलन पनि बढ्दै गएको छ । साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । कतिपयले सतीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व छ । साउन महिनामा बढी वर्षाका कारण किटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने चलन पनि छ । यो समयमा रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजक परिकार खानु हुँदैन भनिन्छ । तर अहिले यो बढी फेसनेवल भएको देखिन्छ । साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर, हरियो चुरा र म्हेन्दी लगाउनेको संख्या चाहिँ बढ्दैछ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहेन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित म्हेन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ । पौराणिक मान्यता अनुसार साउन महिना देवताका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ ।

शिवजीसँग जोडिएको महिना भएकाले महिलाको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्य एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो । चुरापोते र कपडासँगै साउन महिनामा हातभरी म्हेन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाले यही विश्वासमा मेहेन्दी लगाएका होइनन् । आज नेपाली समाजमा पुराना र मौलिक संस्कृति विस्थापित हुँदै नयाँ–नयाँ संस्कृति भित्रिन थालेका छन् ।

के छ पौराणिक मान्यता ?

पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’ लाई प्राप्त गरेको प्राचीन विश्वासका आधारमा महिलाले यसलाई बढी महत्वका रूपमा लिने गर्छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ।

हरियो उपचारको रङ पनि हो जो मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।

विशेषज्ञले हरियो रङलाई शान्तिको प्रतीक, सकारात्मक ऊर्जा सञ्चारको रङ भने पनि नेपाली समाजले हरियो चुरा, कपडा र पोते लगाउनुले श्रीमान्को आयु बढाउने कुरालाई सकारात्मक रूपमा लिन वा पत्याउन सक्तैन । अझ यसलाई परम्परागत मान्यतामा ढाल्नेले त अर्कै फरक अर्थमा व्याख्या गर्न पनि बेर लगाउँदैनन् । हरेक साउन महिनाको सुरूवातसँगै सुरू हुने हरियो चुरापोते र कपडाको संस्कृति मूलतः आयातित देखासिकी हो । बिक्री नभएका हरियो चुरापोते कपडा बिकाउने कम्पनीको अप्रत्यक्ष प्रचार हो र अनावश्यक खर्च बढाउने विलासिता पनि हो । तर समयसँगै संस्कृतिको जगेर्ना गर्नु पनि राम्रो पक्ष हो । साउन र हरियोलाई जोडेर प्रचारप्रसार गर्नु, चुरापोतेसँगै हरियो वस्त्र लगाउनु संस्कृतिको विकसित रूप पनि हो । परिमार्जित भए पनि संस्कृति त कायम रह्यो, सँगसँगै व्यापार पनि राम्रो भयो । त्यसैले भोलिका दिनमा अन्य विकृति नआउने हो भने साउनमा देखिएको रङप्रतिको मोह सराहनीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्