रितिएको भाँडो जस्तै भाको छु

<span class='c1'>रितिएको भाँडो जस्तै</span> <span class='c2'>भाको छु</span>

-इशु पन्त
रितिएको भाँडो जस्तै भाको छु
न त मन छ न त मराउ छ
उडिरहेको कपास जस्तो भाको छु
न त तौल छ न त शरीर छ

स्तम्भ जस्तो भाको छु
न त हलचल छ न त कराउँछ
बुझ्न नसकिने किताब भाको छु
न त अक्षर छन् न त भाव

माटो जस्तो भाको छु
भेगमा उडीदिने अनि छिन मै भुई छुने
बेलुन जस्तो भाको छु
खुसीले भरिने अनि माटोको भाँडो
जस्तो प्याटै फुट्ने

सेतो गुलाब जस्तो भाको छु
रंग उडाई शान्त खोजिरहे जस्तै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्