विराटनगर । संखुवासभा पाँचखपन नगरपालिका वडा नम्बर–२ टाईगरचोक स्थित नागरिक आरोग्य केन्द्रमा वैध (स्वास्थ्य चौथो तह) को रुपमा कार्यरत एक स्वास्थ्यकर्मीलाई हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् ।
भदौ २ गते पाँचखपन नगरपलिका वडा नम्बर–२ स्याबुन स्थित टाईगरचोकमा ४० वर्षीया भिषण जिमीलाई इलाका प्रहरी कार्यालय वानाले नियन्त्रणमा लिइएको हो । उनी उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भईरहेको छ।