बन्ने छ आफ्नै छवि

<span class='c1'>बन्ने छ</span> <span class='c2'>आफ्नै छवि</span>

-शारदा कार्की
के हाेला र कतै परा मुलुकमा नेपाल जस्तो घर
ऊर्जा सङ्कट बाट मुक्त रहँदै पर्नू छ आफ्नै भर

खाँचाे कत्ति हुँदैन टर्दछ यहाँ याे ईश काे हाे हवि
कैयौँ कष्ट सहेर मात्र गतिलो बन्ने छ आफ्नै छवि

सच्चा जाँगर जोशमा हर घडी राखेर सच्चा मन
बस्ला उद्यमशीलका लहरमा पर्ने गरेमा भर
अल्छ्याईँ बटुलेर बस्दछ भने चल्दैन त्याे उद्यम
पुग्ला कर्मबिना कुनै शिखरमा हे बाबु आफैँ भन?

झुल्नेछन् कति बाेट छेउ लहरा पुग्दा सिँचाई जल
देख्नेछौँ फल फूलमा अझबडी ती पौरखीकाे बल
अग्राहार रहन्छ नित्य कृषिकाे गर्छौँ सबै आदर
फल्ने अन्न र साग पात यसरी पर्छौँ यिनैका भर

खप्दै पीर अनेक हुन् बखतमा फाेर्ला कतै बञ्जर
ढुङ्गामा पनि चोट ठक्कर परे मूर्ती हुने सुन्दर
खेप्तै जान्छ सचेत अग्र गतिमा पुग्ने भयाे लक्षमा
छाहारी गतिलो भएर उभिए गन्ती हुने दक्षमा

सेखी आरिस वा घमण्ड मनका त्यागेर राख्नू पर
आफ्नै देश बनाउने सपुतहाे सामर्थ्य राख्ने गर
सोची व्यर्थ कुरा रहन्न ममता के हुन्छ राम्रो भन
मात्रै सोच सफा लिए र नबडे बन्दैन हाम्राे घर

विराटनगर-१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्