यस्तो भयो आज

<span class='c1'>यस्तो भयो</span> <span class='c2'>आज</span>

-राजन प्रसाद न्यौपाने
सबेरै, सूर्यका किरणले
घरको छतमा
फूलेका सयपत्रीलाई
नगर्दै स्पर्श
मन भारी भएर
झमझम भारी वर्षा संगै
ओसिलो भएको तन
थोरै खुशीले सजाउन
मंदिरको प्राङ्गणमा उभिइरहँदा
टाढावाट उडेर
आएको कौवा (काग)
घरको छानोमा बसेर
हेर्दै चारैतिर
फर्केर म तिर
एकोहोरो उसकै भाषामा
गाली गर्दै थियो या खुशी सुनाउदै
बुझिन मैले
त्यो पंक्षी भाषालाई
मेरो मनुष्य घमण्ड
चर्केर आयो
रिसको ज्वाला बलेर आयो
नजिकैको ईटा टिपेर
रिसको आगो निभाउन खोजेँ
त्यो निरिह पंक्षी कौवा माथि
जाइ लागेँ
मलाई पुरुषार्थ गरेको
महसुस भयो
कराउछस् बिहान बिहानै
अलछिन् लाउछस्
म सानो स्वरमा
भुतभुताएँ
लौ, कसरी ?
थाहा पाएछु मैले
त्यसले अलछिन लगाएको भनेर
नबुझिकनै उसको व्याकरण
कौवा भागेन त्यहाँ बाट
मात्र सर्‍यो ठाउँ
मलाई भने ग्लानी भयो
याद आयो बच्चा बेलाको,
संझेर सद्व्यवहार
गाउँमा घरको नजिकै
बसेर बुट्यानमा कौवा कराउदा
शुभ वोल ! शुभ !
के समाचार ल्याइस् भनेको
मेरा बाबा ,आमा र हजुरआमाले ।
म घोत्लिए एकछिन
कौवा फेरि कराउन थाल्यो
मैले ईटा टिपिन
यतिबेला भूईबाट
नम्र भावमा हेर्दै उ तिर फर्के
के समाचार ल्यायौ नि !
राम्रो राम्रो खबर सुनाउ है भनेँ
म कति छिट्टै बदलिँए
चेतनास्तरको कुरा रहेछ
दृष्टि र सोचाई
बल्ल हुनेरहेछ प्रस्तुति ।

एकोहोरो कराई रह्यो कौवा
हेरि रहेँ मैले
तरङ्ग पैदा भए मनमा
कतै उसको परिवारमा
आपत पो पर्‍यो कि
विचरा !
छोराछोरी सन्तान आफन्तलाई
केही पो भयो कि!
कतै सहयोगको अपेक्षा त होइन
एकोहोरो यसको
कारुणीक आवाज !
म झस्किए
आँखा माथि उठाएर
छानोमा हेरे
निहुरीएर भूइमा हेर्दै थिए
उसका आँखा
फलामको भर्‍याङ चढेर
उक्लिए छतमा म
बल्ल थाहा पाएँ
उसको भाषा र कारुणीक त्यो चित्कारको अर्थ
होला,
उसकै परिवारको कोही सदस्य
लडेको रहेछ भूईमा
चलाउदै थियो पखेटा
कराउदै थियो
ननिकालेर आवाज
नजिक गए
छटपटायो, उड्न खोज्यो
तर,
खुट्टा भरी
जेलिएको रहेछ धागो
सेवाभाव आयो मलाई
नजिक गए म
त्यो कौवा,
झन झन कराउदै
खोज्यो मलाई नै आक्रमण गर्न
म लट्ठी बोकेर
भए सुरक्षित
उ कराउदै उडेर गयो
म भूइको कौवा समाएर
खोल्न थाले
जेलिएको धागो
क्षणभरमै कौवाको बथान लिएर
आयो उ
म उभिएको, माथि आकाशमा
कौवाको मेला लागे जस्तै भयो
डराउदै म ओर्लिए तल
खोलेर धागो
विचरा !
सहरा बिहिन कौवा
उड्ने प्रयास गर्न थाल्यो
अरुहरु छतभरी आएर
सुरक्षामा बसे
म देखेर त्यो दृष्य
हेरेको हेर्‍यै भएँ
गर्व पनि गरेँ
एउटा पंक्षी बचाएँ भनेर
तर,
बढी म छक्क परेँ सोचेर
त्यो पंक्षीको बुद्दि ,व्यवहार
र सामूहिक एकता देखेर ।

दिक्क लाग्यो,
कठै हामी मानव
कति दर्शक हुने थियौ भनेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्