ज्वाँई–ससुरासँगै बसेर मदिरा, विवाद हुँदा हत्या

<span class='c1'>ज्वाँई–ससुरासँगै बसेर मदिरा,</span> <span class='c2'>विवाद हुँदा हत्या</span>

विराटनगर । गत असोज ५ गते पथरीशनिश्चरे नगरपालिका ७ मायालु चोकका ६२ वर्षीय चन्द्रबहादुर तामाङको उनकै ज्वाँईबाट हत्या भयो । तामाङको आफ्नै घरमा उनका ज्वाँई कानेपोखरी ५ का २९ वर्षीय रविन राईले धारिलो हतियार प्रहार गरेर हत्या गरेको खुलेको हो ।

मृतक तामाङ र राई, ससुरा–ज्वाँई हुन् । घटना हुनु अगाडी ससुरा–ज्वाँईसँगै मदिरा सेवन गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । मदिरा सेवनपछि बादविवाद हुँदा धारिलो हतियार प्रहार गरेर राईले तामाङको हत्या गरेको खुलेको प्रहरीले जानकारी दिइएको छ ।

घटनापछि राई तत्काल फरार भएकोमा खोज तलासको क्रममा मिति २०८१ असोज ६ गते ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक समेतको टोली एवं जिल्ला प्रहरी कार्याल धनकुटाको समन्वयमा जिल्ला धनकुटा मुलघाट भन्ने स्थानमा फेला पारी पक्राउ गरेको थियो । घटनाका अनुसन्धान गर्नको लागी असोज ७ गते मोरङ जिल्ला अदालतबाट दिन चार दिन म्याद थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्