लघुकथा : शहिद

<span class='c1'>लघुकथा :</span> <span class='c2'>शहिद</span>

-ऋषि तिवारी
'जिते ओइ जिते यताबाट भागौं ।' म जितेलाई भाग्न अनुरोध गर्दै थिएँ । भर्खरै भर्खर नेताहरुले पंचायती व्यवस्था फ्याँक्न आन्दोलनको आँधी हुरी नै ल्याएका थिए ।
जिते र म कक्षा आठमा पढ्दै थियौं । हामी आन्दोलनकारी नभए पनि आन्दोलन हेर्ने मनसायले बजारको चोकतिर निस्किसएका थियौं । बजारको चोकतिर एकातिर पुलिस फोर्स । एकातिर आन्दोलनकारी । बिचमा जिते र म ।

म अझ जितेलाई सुरक्षित हुन आग्रह गर्दै थिएँ । ऊ अझै आन्दोलनकारी र पुलिस फोर्सको लडाई हेर्न उत्साहित थियो । म भने मनमा डर लिइरहेको थिएँ । कही कतै हामी पुलिसको गोली लागेर ढल्ने त होइन् ? मैंले उसलाई भनें फेरि पनि भनें, 'जिते यो आन्दोलनदेखि हामीलाई लेना देना छैन्, छेऊ कुइनोटोतिरबाट बाटो सोझे ज्यान बाँच्ला । नत्र गइएला ।' ऊ भन्छ, 'थाम्न नितेश, एउटा दुइटा पुलिसको टाउको र एउटा दुइटा आन्दोलनकारीको टाउको फुटेको नदेखि के बाटो लाग्नु ?' उसलाई केही थाहा छैन । ऊ आनन्द मानिरहेको छ । म चाहि मृत्यु नजिक आइरहेको देख्दै थिएँ ।

भिडन्त शुरु भैसकेको थियो । पुलिस फोर्सले भिड तितर बितर पार्न अस्रु ग्यास छोड्यो । मेरो आँखा पोल्न थाल्यो ।

मैंले डरको स्वरले चिच्याएँ, 'जिते भाग ।' ढ्याङ्ग बन्दुकको आवाज पड्कियो । म हतासिएर भागें । ऊ गोली लागेर ढलेछ । साथी ढलेपछि झन सात्तो गयो । मपनि जाने भएँ कि क्या हो भन्दै पोलिरहेको आँखा हातले मिच्तै थिएँ । पल्याक पुलुक हेर्दै गर्दा, कुइनोटोतिर एउटी बृद्ध आमाले हात पक्रेर आफ्नो घरतिर तानिन् । मन ढुक्क भो । अब बाँचे । मैंले भनें, 'आमा मेरो साथी ढल्यो ।' ती बृद्ध आमाले भन्न थाल्नु भो, 'के गर्नु बाबु, नेपाल भन्ने देश सतीले सरापेको देश । मेरो पनि दुइवटा छोरो छ । एउटा देशको पहेरदारी गर्छ । अर्थात पुलिस छ, अर्को आन्दोलनमा भाग लिन्छ । आफ्नै दाजुभाइ लड्दैछन् । थाहा छैन्, यो परिस्थितिमा कुन छोरा वीरगति हुन्छ, कुन छोरा शहिद ?'

म भन्न थालें, 'खैं आमा ! के भन्ने के नभन्ने ?'

विराटनगर-६, ममता-मार्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्