भद्रपुरबाट निषेधित औषधी बोकेर धरान आइपुगेका विराटनगरका युवा पक्राउ

<span class='c1'>भद्रपुरबाट निषेधित औषधी बोकेर धरान</span> <span class='c2'>आइपुगेका विराटनगरका युवा पक्राउ</span>

विराटनगर । विराटनगर–१२ का २७ वर्षीय राकेश कुमार यादव निषेधित औषधी स्पास्मोसहित धरानमा पक्राउ परेका छन् । उनलाई हिजो सोमबार बेलुका ७ बजे प्रहरी चौकी तीनकुनेको टोलिले पक्राउ परेको हो ।

धरान उपमहानगरपालिका–८ तिनकुनेमा चेकजाँचको क्रममा भद्रपुर बाट धरानतर्फ आउँदै गरेको को १ ख ७४५१ नंम्बरको मोटरसाईकलबाट १७ हजार ५०० चक्की स्पास्मो बरामद भएको छ । त्यसमा सवार मोरङ बिराटनगर महानगरपालिका–१२ का २७ वर्षीइ राकेश कुमार यादव थिए । उनलाई खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी स्पास्मो बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

उनी विराटनगर घर भएर पनि झापा भद्रपुरबाट धरानमा लागुऔषध ओसारपसारमा संलग्न कसरी भए भन्ने विषय समेत प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको छ । झापाको भद्रपुर आसपासमा यति ठूलो मात्रामा लागुऔषध भित्र्याएर धरानसम्म आईपुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्