स्कारपियोमा ३०९ केजी गाँजा, गाडी र गाँजा पक्रदाँ चालक फरार

<span class='c1'>स्कारपियोमा ३०९ केजी गाँजा, गाडी</span> <span class='c2'>र गाँजा पक्रदाँ चालक फरार</span>

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा लागुऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले रोकेर राखेको स्कारपियोबाट गाँजा बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीको टोलि त्यहाँ पुग्दा को. १ च ७६८९ नम्वरको स्कारपियो रोकिएको थियो । गाडी भित्र चेकजाँच गर्दा ३०९ किलोग्राम गाँजा बरामद भएको थियो ।

उक्त स्कारपियो र गाँजा प्रहरीले नियन्त्रणमा लिई सवारी चालकको खोजतलास गरीरहेको प्रहरीले बताएको । घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय इटहरीबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्