अपहरण तथा जर्वरजस्ती करणीमा संलग्न विराटनगरका दुईजना दशवर्षपछि पक्राउ

<span class='c1'>अपहरण तथा जर्वरजस्ती करणीमा संलग्न</span> <span class='c2'>विराटनगरका दुईजना दशवर्षपछि पक्राउ</span>

विराटनगर । सर्वोच्च अदालतले २०७१ मंसिर ९ गतेको फैसलाले अपहरण तथा जर्वरजस्ती करणी मुद्दामा फरार रहेका विराटनगरका दुईजनालाई प्रहरीले दशवर्षपछि पक्राउ गरेको छ । प्रहरीले दशवर्षपछि मंसिर १० गते उनीहरुलाई पक्राउ गरेर मोरङ जिल्ला अदालतमा उपस्थित गराएको हो ।

मोरङको साविक कटहरी–३ स्थितबाट युवतीलाई २०७० बैशाख १ गते अपहरण गरेर सामुहिक जर्बरजस्ती करणी गरेको आरोप थियो । यो घटनामा संलग्न विराटनगर १३ का पेशल कुमार सुनुवार र विराटनगर १ का मनोज मण्डल थिए ।

उनीहरुलाई अपरहण गरी सामुहिक जजक गरेको अभियोगमा २०७१ असार २२ गते मोरङ जिल्ला अदालत विराटनगरको फैसलाले सफाई पाउने ठहर गरिएको थियो । उक्त मुद्दालाई उल्टाई सर्वोच्च अदालतले २०७१ मंसिर ९ गतेको फैसला अनुसार ६ बर्ष ९ महिना २४ दिन ठहर भएको थियो ।

घटनामा संलग्न विराटनगर १३ का पेशलकुमार सुनुवार पक्राउ परेर उनीमाथि अनुसन्धान भएको थियो । तर, यो मुद्दामा संलग्न विराटनगर महानगरपालिका १ बस्ने मनोज मण्डल सुरुदेखि नै फरार रहेका थिए । उनीहरु दुवैजनालाई मंगलबार नियन्त्रणमा लिएर अदालतको आदेश बमोजिम जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा पठाईएको मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्