मनमोहन विश्वविद्यालयमा चेक चोरी, बैंकमा साट्दासाट्दै दुईजना पक्राउ

<span class='c1'>मनमोहन विश्वविद्यालयमा चेक चोरी,</span> <span class='c2'>बैंकमा साट्दासाट्दै दुईजना पक्राउ</span>

विराटनगर । मोरङको बुढिगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको लेखा शाखा फोडेर चेक चोरी गरेपछि साट्ने क्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पनमध्ये एकजना विश्वविद्यालयका पूर्व विद्यार्थी रहेका हुन् ।

चेक चोरेपछि राष्ट्रिय वाणिज्य बैंक दुहबी शाखामा साट्ने क्रममा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सुमित सागर यादव र टंकप्रसाद यादव रहेका छन् । टंकप्रसाद भने पूर्व विद्यार्थी समेत हुन् । उनीहरुको घर सप्तरी राजविराज–६ मा रहेको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले उनीहरु विरुद्ध चोरी विरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।

विश्वविद्यालयमा चोरी भएको बेला सिसी क्यामरा क्याप्चर नभएकोले घटनामा भित्रबाटै पनि संलग्नता हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनालाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताएको छ । लेखामा हस्ताक्षर प्रक्रिया टुङ्ग्याएका चेकहरु चोरी भएका थिए । चोरिएकामध्ये चारवटा साटिसकेपछि पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्