विराटनगर । मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बाँसघारीमा हातखुट्टा बाधेर बाईते अवस्थामा फेला परेकी छिन् ।
जहदा हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनको बहिनीले बताएकी छिन् ।
उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक देखेपछि हातको इशाराले गाँउलेलाई बोलाएकी थिईन् । देख्ने व्यक्तिले घरपरिवारलाई भनेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी बेदप्रकाश सहितको टोली घटना स्थलमा पुगेर ती घाईते युवतीको गरी कोशी अस्पतालमा ल्याईएको छ ।
उनलाई बाँस झ्याङ्गमा कसैले नदेख्ने स्थानमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जर्बरजस्ती बलात्कार गरेको हुन सक्ने उनकी दिदीले बताएकी छिन्।
आपराधिक घटनामा संलग्नको खोजतलास सुरु गरिएको मोरङ प्रहरीले बताएको छ । पीडितले भने अनुसारको घटना भएको हो वा हैन यकिन गरेर संलग्नहरुको खोजतलास सुरु गरिएको छ । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले घाईतेलाई कोशी अस्पतालमा पुगेर भेटेका छन् । उनले महिलालाई के कस्तो घटना भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भईसकेको जानकारी दिए । घाईतेको युवतीको मेडिकल चेकजाँच पछि के भएको हो अनि मात्र वास्तविक कुरा खुल्ने एसपी चिमरियाले जानकारी दिनुभयो ।