हजुरबुबाले

<span class='c1'>हजुरबुबाले</span> <span class='c2'></span>

-आरजे महेश भट्टराई
समयले टाढा बनाएपछि,
उमेरले धेरै धकेलेपछि,
घाम र जूनले डाँडा काट्न लागेपछि,
पाकेको फल र झर्न लागेको पात झैं भएपछि,
बाबू लाठी र साथी खाेज्नुपर्छ भन्नू हुन्थ्यो हजुरबुबाले ।

निभ्न लागेको आगाे र दियो,
हिँउदमा सुक्न लागेको खहरे खाेलाे,
कर्कलाकाे पातमा अडिएकाे शितकाे थाेपाे,
बाबू कति खेर के हुने हाे भन्नू हुन्थ्यो हजुरबुबाले ।

बितेको समय
बगेको पानी
सकिएको जवानी
बाबू ख्याल गर है लामो छ जीवन भन्नू हुन्थ्यो हजुरबुबाले ।

आगाे र पानी,
जाेई , पाेईकाे झगडा,
बाल्यकालकाे साथी, साथीकाे लडाइँ,
बाबू केही छिनका लागि मात्रै शत्रु हुन भन्नू हुन्थ्यो हजुरबुबाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्