खस्किदै एनआईसी एसिया बैंक , नाफा ९२ प्रतिशतले घट्यो

<span class='c1'>खस्किदै एनआईसी एसिया बैंक ,</span> <span class='c2'>नाफा ९२ प्रतिशतले घट्यो</span>

एनआईसी एसिया बैंकको नाफा ९२ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १५ करोड १७ लाख रुपैयाँ छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ९० करोड रुपैयाँ थियो ।

कम्पनीको नाफामा उच्च गिरावट आउनुको प्रमुख कारण संभावित कर्जा नोक्सानीवापतको व्यवस्थापन रकम (लोन लस प्रोभिजन) उच्च दरले बढ्नु हो । यस्तो रकम पहिले ४८ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ३५ करोड छ ।

बैंकको खुद ब्याज आम्दानी जम्मा ६ प्रतिशत घटेको छ । यस्तो आम्दानी पहिले ५ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा अहिले ५ अर्ब १८ करोड रुपैयाँ छ ।

नाफामा आएको भारी गिरावटले वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ३ पैसामा झरेको छ । यस्तो आम्दानी पहिले २५ रुपैयाँ ५९ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ पनि खुम्चिएको छ । प्रतिसेयर नेटवर्थ पहिले २०५ रुपैयाँ रहेकोमा अहिले १९८ रुपैयाँ छ ।
पुस मसान्तसम्म कुल कर्जामा बैंकको निष्क्रिय कर्जा १.४७ प्रतिशत छ । यस्तो कर्जा पहिले ०.५८ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्