राजा चाहिने भए मलाई नै बनाईदिए नि हुन्छ : हर्क साम्पाङ

<span class='c1'>राजा चाहिने भए मलाई नै बनाईदिए</span> <span class='c2'>नि हुन्छ : हर्क साम्पाङ</span>

विराटनगर । धरानका मेयर हर्क साम्पाङले राजतन्त्र भन्दा गणतन्त्र नै ठिक रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यति राजा नै ल्याउने भएपनि किराँती राजा ल्याउनुपर्ने तर्क गरेका छन् ।

उनले फेसबुक पेजमा लेखेका छन्–राजा चाहिन्छ नै भने किराती राजा ल्याऔं । यो देशको प्राचिनतम राजा किराँती नै थिए । मलाई नै राजा बनाईदिए नि हुन्छ । मलाई जति देशको माया अरुलाई लाग्छ जस्तो लागेन, यसो बुझ्दा ! होइन भने गणतन्त्र नै ठिक छ !

राजा ल्याउँदा पनि आफैंलाई बनाउन पनि भनेका छन् । उनले देशको माया आफूलाई जति कसैलाई नभएको लाग्ने गरेको समेत बताएका छन् । श्रम संस्कारको अभ्यास गरिरहेका स्थानीय सरकार धरानका प्रमुख साम्पाङ आलोचना र प्रसंसा दुवै केन्द्रमा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्