-स्मारिका तिवारी
पूर्वको श्रीयन्तुमा सप्तरङ्गी बनेर
झुल्किएका ती घामका किरणहरू
कन्चनजङ्गाो शिरमा पुगेर छरिँदा
जुन अद्भुभूत दृश्य बन्छ
हो त्यही हो मेरो देश
त्यही देशको मेरो कोशी प्रदेश
मधेसका उर्वर, पहाडको शान
हरियाली फिजिएका, स्वर्ग समान
पर्यटक लोभीछन दृश्यमा हराउँछन्
तर भित्र कतै चुनौतीहरू लुकेका छन्।
पाँचथरका पहाड, हर्षले उभिन्छन्
शान्तिका कुरा यहाँका पहाडले सुनाउँछन्।
पवित्र हलेसी हाम्रो आस्थाको माया
खोटाङ जिल्लामै भेटिन्छ हलेसीको छाया।
झापामा समेटिएका छन् माया र संस्कृतिका धुन
रङ्गीन संस्कृति परम्परा र समुदायको सुगन्ध जुन
सूर्यको किरणले उज्यालो भर्दै हरेक बिहान
झापाको अर्थबाट आशा विश्वास र प्रेमको ज्ञान
कोशी प्रदेश हो हाम्रो एक अनन्त सपना
अद्भुत दृश्य हरू र हरेक यात्रीका लागि खजना
सांस्कृतिक धरोहर र सम्पदाको सीमा नै लुकेको छ।
कला र परम्पराका साथ यो प्रदेश अडिक रूपमा बाँचेको छ।
प्रशासन र जनताको बीच सन्धि बनोस्।
धार्मिक र जातीय एकताको नाता बलियो होस्।
शान्तिको लागि हरेक कदम महत्वपूर्ण होस्।
सपना यही हो कोशीमा उन्नति र सबै क्षेत्रहरू सुरक्षित बनोस्।
सपना र योजना धेरै छन्
अव्यवस्थित बाटोहरूले गर्दा अलपत्र छन्।
सपना राखेका छन् पर्यटकहरूका मनमा
तर पनि कहाँ जानु कसरी जानु प्रश्न प्रशस्तै छन्
कोशिका सडकहरू पुराना र खतरनाक छन्।
त्यसैले त हो पर्यटकका पाइला रोकिएका छन्।
कोशी प्रदेशको भविष्य अवश्य खुल्छ भन्ने हर्ष
विश्वस्त छौँ हामी पर्यटनले ल्याउँछन् समृद्धि र सहर्ष।