स्वार्थभित्रको प्रेम

<span class='c1'>स्वार्थभित्रको</span> <span class='c2'>प्रेम</span>

-रविन्द्र कुमार यादव
प्रेम निस्वार्थ कहाँ हुन्छ र?
हावा चल्छ, तर सास दिन्छ,
सूर्य चम्किन्छ, तर उज्यालो छर्छ,
संसारलाई अँगालो हाल्ने हर प्राणी,
कुनै न कुनै रूपले पाउने आश गर्छ।

फूल फुल्छ, तर भ्रमर खोज्छ,
नदी बग्छ, तर समुन्द्र अँगाल्छ,
माया दिन्छु भन्ने मनभित्रै,
कसै न कसैको आश पलाउँछ।

प्रेम पागलपन बन्नु हुँदैन,
त्यसले सम्बन्ध भत्काउँछ,
स्वार्थ छैन भने सम्बन्ध छैन,
त्यसैले जीवन बहकाउँछ।

स्वार्थको सानो रंग मिसिएपछि,
प्रेमले परिभाषा पाउँछ,
शुद्ध भावले अँगाल्दा मात्र,
सम्बन्ध अमर रहन्छ।

त्यसैले, प्रेम स्वार्थसहित नै होस्,
तर लोभभन्दा पर रहोस्,
स्वार्थले सम्बन्ध टिकाउँछ भने,
आत्मीयताले जीवन सजाओस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्