खेलकुदको शक्ति

<span class='c1'>खेलकुदको</span> <span class='c2'>शक्ति</span>

-सुजाता राई
दौडिन्छ जीवन मैदान जस्तै,
पसीनाको सुगन्ध, जितको मस्ती।
नियममा बाँधिएर बढ्छ एकता,
खेलकुद हो शान्तिको सन्देश बटुल्ने कथा।

बलियो बनाउँछ तन र मन,
हार्दा पनि सिकाउँछ गहिरो उर्जा
सपना बोकी खेलाडी उड्छ,
जुन जुनि जित्ने आँट उभिन्छ।

फुटबल होस् या दौडको रेस,
सधैं हुन्छ इमान र मेहनतको फेस।
जुन खेल जितिन्छ आत्मबलले,
बनाउँछ देशको उज्यालो भविष्य थलो।

खेल मैदानमा झल्किन्छ वीरता,
हर प्रहारमा लुकेको छ सीप र कसरतको गीतता।
चट्याङ झैँ दौड, चिताजस्तै पास,
देखाउँछ जहाँ साहसको आभास।

ओलम्पिकका रिङ, क्रिकेटका रन,
गौरवका गीत गाउँछन् नेपाली जन।
कबड्डी, भलिबल, तेक्वान्दोका चाल,
हाम्रा खेलाडीहरू छन् देशका लाल।

खेलकुदले बाँध्छ प्रदेश–प्रदेश,
जात, धर्म भन्दा माथि उठ्छ विशेष।
संगठन, समर्पण र सहकार्य जहाँ,
त्यही हो साँचो राष्ट्र निर्माणको दिशा।

तसर्थ उठौं, खेलौं, नथाकौं कहिले,
पसिनाले सिंचौं माटो आफ्नै जिल्ले।
शरीर स्वस्थ, मन प्रफुल्ल,
खेलकुद बनोस् हाम्रो साझा पुल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्