जनकपुरधाम – नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा "धर्म, अध्यात्म र राष्ट्र" विषयक एक विशेष विचार गोष्ठी आज देवडिहामा सम्पन्न भयो। उक्त कार्यक्रमको केन्द्रबिन्दु पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झाको उपस्थितिसँगै शंकराचार्यजीको आगामी देवडिहा आगमन रहेको थियो।
गोष्ठीको अध्यक्षता देवचन्द्र झाले गर्नुभयो। उहाँले आफ्नो मन्तव्यमा भगवान शंकराचार्यजीलाई यथाशीघ्र देवडिहा आगमनको लागि औपचारिक निमन्त्रणा समेत गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता (कलकत्ता हाईकोर्ट) तथा पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झा हुनुहुन्थ्यो। उहाँले धर्म, अध्यात्म र राष्ट्रबोधको विषयमा गहन विचार प्रस्तुत गर्नुभयो। विशेष अतिथिका रुपमा नेपाल भारत खुला सिमा संवाद समूहका अध्यक्ष राजीव झा, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आर.एन. झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, कृष्ण कुमार साह, सुदीप महतो, ईश्वर कापर,शुभास झा लगायत उपस्थित हुनुहुन्थ्यो।
समूहका अध्यक्ष राजीव झाले नेपाल–भारत खुला सिमाबाट हुने लाभ र सांस्कृतिक सम्बन्धमाथि प्रकाश पार्दै, खुला सिमालाई पुर्ण ले खुला नै गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमले धर्म, अध्यात्म र राष्ट्रप्रेमबीचको सम्बन्ध र नेपाल–भारतको सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाएको छ।