पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ : विमलेन्द्र निधि

<span class='c1'>पानीको देश नेपालमा पिउने पानी कै</span> <span class='c2'>हाहाकार छ : विमलेन्द्र निधि</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेपाल पानी नै पानी भएको देश भएतापनि पिउने पानीको हाहाकार भइरहेको बताएका छन् ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघद्वारा शनिबार जनकपुरधाममा आयोजित कार्याशाला गोष्ठीमा बोल्दै नेता निधिले शुद्ध पिउने पानीको व्यवस्था गर्न सरकारले वैज्ञानिक नीति अवलम्बन गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।

उनले तराई मधेशका क्षेत्रहरुमा जमिन मुनी पानीको स्तर कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ग्राउण्ड वाटर रिचार्ज गर्ने वैज्ञानिक तरिकाहरु अपनाउन अत्यन्त जरुरी रहेको उनले बताए । काठमाडौंमा मेलम्चीको पानी आउने भन्दाभन्दै कयौं पटक प्रयास गरेतापनि अहिलेसम्म सहज रुपमा जनताले पानी पाउन नसकेको उनले गुनासो गरे । तराई क्षेत्रमा चुरे विनासका कारण जमिन मुनीको पानीको स्तर घट्दै गएको उनले बताए । अब सरकारले नदी र झरनाको पानीलाई पिउन लायक बनाउने प्रविधि जडान गर्न उनले सुझाव दिए ।

त्यस्तै, नेता निधिले नेपाल खानेपानी संस्थानले अहिलेसम्म दिँदै आएको सुविधाको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा जनतालाई प्रदान गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्