गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशांक

<span class='c1'>गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने</span> <span class='c2'>कुरा भएको छ : डा.शशांक</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा.शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन् ।

आज(सोमबार) पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी एवम पूर्वपदाधिकारी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले लेखकको बचाउ गरेका हुन् ।

लेखकले बैठकमा भिजिट भिषा प्रकरणबारे स्पष्ट कुरा राखेकाले उहाँमाथि आरोपमात्र लागेको डा.कोइरालाको भनाइ थियो । बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने पार्टीभित्रकै नेताहरुलाई कारवाही गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको पनि उनले बताए । बैठकमा डा.शेखर कोइराला, डा.सुनिल शर्मा र राजेन्द्र बजगाईले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारवाहीको कुरा उठेको पनि डा.शशांकले बताए ।

‘हामीले सभापतिलाई उनीहरूलाई बोलाउनुस् र के भएको हो सोध्नुस् भनेका छौं। सभापतिजीले पनि स्पष्टीकरण लिने बारे हुन्छ वा हुन्न भन्नु भएको छैन्, हेर्छुमात्रै भन्नुभएको छ,’ उनले भने । तीन जना नेतालाई स्पष्टीकरण सोध्नैपर्ने डा.शशांकको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्