मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी तथा विरोध जुलुस

<span class='c1'>मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी</span> <span class='c2'>तथा विरोध जुलुस</span>

जनकपुर । कजनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध सहिद परिवारका सदस्यहरुले नाराबाजी गर्नुका साथै विरोध जुलुस निकालेका छन् ।

विभिन्न माग राख्दै हिजो (सोमबार)देखि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले आज प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेका हुन् । जनकपुरधामको मुख्य चोकहरुको परिक्रमा गर्दै जनक चोकमा कोण सभा गरेका छन् ।

उनीहरुले मधेशी सहिद प्रतिष्ठानमा तत्काल सदस्य नियुक्त गर्नुपर्ने, सहिद परिवारका सदस्यहरुका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य विमा लागु गर्नु पर्ने, एक परिवार एक रोजगारी दिनुपर्ने र सहिद परिवारका छोराछोरीहरुलाई शिक्षामा छात्रवृति दिनुपर्ने माग राखेका छन् । विगतमा आफ्ना समस्याहरु सुनाउन पटक पटक गृहमन्त्री राजकुमार लेखी र मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्न जाँदा उनीहरुले घण्टौं बसाएर आश्वासन बाहेक अरु केही नदिएको शहिद चन्दन पटेलका पिता अवदेश पटेलले आरोप लगाएका छन् । उनले सहिद परिवारलाई अहिलेको जनमत नेतृत्वको सरकारले कुनै वास्ता नगरेको गुनासो गरे । मधेश सरकारले आफूहरुको माग पूरा नगरे जिल्ला मुख्यमन्त्रीदेखि अन्य मन्त्री र नेताहरुलाई जिल्ला प्रवेश गर्न नदिने उनले चेतावनी दिएका छन् ।
पटेलले शान्तिपूर्ण आन्दोलनले सरकार नजागे आमरण अन्सनमा बस्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्