न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

<span class='c1'>न्युजिल्यान्डका उपप्रधानमन्त्री आज</span> <span class='c2'>नेपाल आउँदै</span>

काठमाडौं । न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका निम्ति बुधबार नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आज नेपाल आउन लागेका हुन् ।

आज र भोलि जेठ १४ र १५ गते उनी नेपालको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्