कारागारबाट छुटे पूर्वसांसद अफताब आलम

<span class='c1'>कारागारबाट छुटे पूर्वसांसद</span> <span class='c2'>अफताब आलम</span>

वीरगञ्ज (पर्सा) । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले विस्फोटक पदार्थ बम प्रयोग गरेर व्यक्ति हत्या गरेको अभियोग लागेका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको छ ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको आजको संयुक्त इजलासले विष्फोटक पदार्थ बमको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरसँग सम्बन्धित यसअघि जिल्ला अदालत रौतहटले गरेको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्म कैदको फैसला गरेको थियो । पूर्वसांसद आलमले २०६४ सालको संविधानसभाको निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरस्थित बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो । सो मुद्दा पुनरावेदनका लागि उच्च अदालतमा गत २०८१ असार २७ गते दर्ता भएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्