गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने

<span class='c1'>गायक दुर्गेश थापाले अमेरिकाका ११</span> <span class='c2'>शहरमा सांगीतिक प्रस्तुती दिने</span>

काठमाडौं । गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रश्तुती दिने भएका छन् । त्यसका लागि मंगलबार उनी अमेरिका उडेका हुन् ।

अमेरिकाका बिभिन्न ११ शहरमा उनको कार्यक्रम तय भइसकेको छ । थापा पहिलोपटक अमेरिका गएका हुन् । थापाको पहिलो कार्यक्रम आगामी शुक्रबार अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ ।उनले न्यूयोर्क बाल्टिमोड, कोलम्बस, कोलोराडोलगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ ।दुर्गेश टुर आरएनआर ग्रुप्स एलएलसीबाट रोशन पुरी, पाण्डे होम्स एलएलसीबाट गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीबाट अशिष भडेलले आयोजना गरेका हुन् । साथै पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ ।अग्रिम टिकटका लागि पनि आयोजकले आग्रह गरेको छ । आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा राखेको छ ।

आयोजक मध्येका एक रोशन पुरीका अनुसार पहिलोपटक अमेरिकामा रहेका नेपालीहरु माझ दुर्गेशलाई ल्याउन पाउँदा खुसी लागेको र फरक फरक ठाउँका नेपालीलाई एकै स्थानमा भेला गराउन पाउने बताए ।कार्यक्रम मध्ये नोभम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुती रहने आयोजकले बताइएको छ । मेलिनाले भिडिओ सन्देश दिँदै नोभेम्बर १ मा भेटौं पनि भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्