अमेरिकी राष्ट्रपति ट्रम्प मलेसिया भ्रमण सकेर जापान प्रस्थान

<span class='c1'>अमेरिकी राष्ट्रपति ट्रम्प मलेसिया</span> <span class='c2'>भ्रमण सकेर जापान प्रस्थान</span>

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियामा सम्पन्न ४७ औं आसियान शिखर सम्मेलनमा सहभागी भई सोमबार बिहान क्वालालम्पुरबाट जापानतर्फ प्रस्थान गरेका छन् ।

२४ घण्टे सफल भ्रमण सम्पन्न गरी ट्रम्पले मलेसियाली जनतासँग विदाइ लिँदै ‘एयर फोर्स वन’ विमानमार्फत मलेसियाबाट प्रस्थान गरेका हुन् । मलेसियामा रहँदा उनले स्थानीय अधिकारीहरूसँग भेटघाट गरेका थिए भने मलेसियाली जनताले उनलाई बिदाइ दिएका थिए ।ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा लेखेका छन,“म मलेसियाबाट प्रस्थान गर्दैछु, यो एक महान् र जीवन्त देश हो । यहाँ महत्वपूर्ण व्यापार तथा दुर्लभ खनिजसम्बन्धी सम्झौता भयो, र हिजो सबैभन्दा महत्वपूर्ण रूपमा थाइल्याण्ड र कम्बोडियाबीचको शान्ति सम्झौता सम्पन्न गरियो । अब त्यहाँ युद्ध छैन, लाखौं मानिसहरूको ज्यान बच्यो । यो कार्य सम्पन्न गर्न पाउँदा सम्मान महसुस भइरहेको छ । अब जापानतर्फ ”

आसियान शिखर सम्मेलनको अवसरमा ट्रम्पले जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचिसँग पहिलो पटक टेलिफोन संवाद गरेका थिए । अक्टोबर २५ मा भएको उक्त संवाद करिब १० मिनेट लामो रहेको र दुबै नेताले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए ।संवादका क्रममा ट्रम्पले ताकाइचीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिँदै भनेका थिए, “जापान–अमेरिका गठबन्धन सुदृढ पार्नु हाम्रो परराष्ट्र र सुरक्षानीतिको शीर्ष प्राथमिकता हो ।” ताकाइचीले पनि अमेरिका इन्डो–प्यासिफिक क्षेत्रमा जापानको “अविभाज्य साझेदार” भएको उल्लेख गर्दै “स्वतन्त्र र खुला इन्डो–प्यासिफिक” को परिकल्पना साकार पार्न सहकार्य गर्ने इच्छा व्यक्त गरिन् ।दुबै नेताले छिट्टै प्रत्यक्ष भेट गर्ने आशा व्यक्त गरेका थिए । जसअन्तर्गत ट्रम्पले सोमबारदेखि जापानको तीनदिने औपचारिक भ्रमण सुरु गर्ने कार्यक्रम रहेको छ । यो भ्रमण ट्रम्पको जापान यात्रा लगभग छ वर्षपछि हुन लागेको हो । उनी सन् २०१९ मा ओसाकामा सम्पन्न जी–२० शिखर सम्मेलनका क्रममा जापान पुगेका थिए । जापानमा हालै सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व जितेकी साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।६४ वर्षीया ताकाइचीले अक्टोबर ४ मा पार्टीको आन्तरिक निर्वाचन जितेकी थिइन् र मंगलबार संसदबाट औपचारिक रूपमा प्रधानमन्त्री निर्वाचित भइन् । उनले संसदमा भएको मतदानमा ४६५ मध्ये २३७ मत प्राप्त गरेकी थिइन् ।

जापानी सरकारका प्रमुख सचिव मिनोरू किहाराका अनुसार, ट्रम्पले आफ्नो जापान भ्रमणका क्रममा सम्राट नरुहितोसँग पनि भेट गर्ने कार्यक्रम छ । उनले भने, “राष्ट्रपति ट्रम्पको यो भ्रमण जापान–अमेरिका गठबन्धनलाई अझ मजबुत बनाउन अत्यन्त अर्थपूर्ण अवसर हुनेछ ।”ताकाइचीलाई पूर्व प्रधानमन्त्री शिन्जो आबेका नीतिहरूको उत्तराधिकारीका रूपमा हेरिन्छ, जसले सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालमा घनिष्ठ सम्बन्ध स्थापित गरेका थिए । नयाँ प्रधानमन्त्रीका अगाडि जापानको सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने र घोटालाहरूले हल्लाएको सत्तारूढ दलभित्र एकता कायम गर्ने चुनौती रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्