आईसीसी विश्वकप क्रिकेट लिग–२ ः आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

<span class='c1'>आईसीसी विश्वकप क्रिकेट लिग–२ ः</span> <span class='c2'>आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै</span>

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आयोजक युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले लगातार हार बेहोरिरहेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो ।

अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ । नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ।
अंक तालिकाको शीर्ष स्थानमा अमेरिका छ भने यूएई पुछारमा छ । १९ खेल खेलेको नेपालको १२ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्