चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली

<span class='c1'>चीनले विकास गर्यो विश्वकै सबैभन्दा</span> <span class='c2'>ठूलो नवीकरणीय ऊर्जा प्रणाली</span>

काठमाडौं । चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ । आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनले उक्त प्रणाली विकास गरेको हो ।

१५ औँ पञ्चवर्षीय योजनाको तयारीसँगै चीनले पछिल्ला पाँच वर्षमा स्वच्छ ऊर्जा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको हो । चीनले यसअघि सन् २०३० भित्र आफ्नो मुलुकलाई कार्बन उत्सर्जनको सर्वोच्च बिन्दुमा पु¥याउने र २०६० भित्र कार्बन निष्पक्षता (कार्बन न्युट्रालिटी) प्राप्त गर्ने लक्ष्य घोषणा गरेको थियो । त्यसपछि चीनले उक्त लक्ष्यलाई साकार पार्न अनेकौं महत्वाकांक्षी परियोजनाहरू अघि बढाएको छ । खासगरी याङ्त्से नदीको मुख्य धारमा छ वटा ठूला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिएको छ । त्यसैगरी, चीनको विशाल दक्षिण–पश्चिम तथा पश्चिमी भूभागमा सातवटा ठूलो स्तरका स्वच्छ ऊर्जा परियोजना सञ्चालनमा ल्याइएका छन् । यी स्थानमा उत्पादित ऊर्जा जनसङ्ख्या घना रहेका पूर्वी तटीय क्षेत्रसम्म पु¥याउन अल्ट्रा–हाई भोल्टेज प्रसारण लाइन निर्माण गरिएको छ ।

ऊर्जा भण्डारणका लागि चीनले गुरुत्वाकर्षण आधारित ऊर्जा भण्डारण तथा वायु ऊर्जा भण्डारण जस्ता अत्याधुनिक प्रविधिको उपयोग गरेको छ, जसले नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोगमा मद्दत गरेको छ । आगामी १५ औँ पञ्च वर्षीय योजना अवधिमा पनि चीनले आर्थिक आधुनिकीकरण र वातावरणीय संरक्षणलाई सन्तुलनमा राख्दै नवीकरणीय ऊर्जा विकासलाई अझ तीव्र गतिमा अघि बढाउने संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्