मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजिनामा

<span class='c1'>मुख्यमन्त्री सरोज कुमार</span> <span class='c2'>यादवले दिए राजिनामा</span>

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजिनामा दिएका छन् ।

बुधबार (आज) मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनिएकोमा उनले आफ्नो धारणा राख्दै राजिनामा दिएको घोषणा गरेका छन् । विश्वासको मत पाउने नदेखिएपछि उनले बैठकमा विश्वासको मत लिनु अघि नै राजिनामा दिएका छन् । मुख्यमन्त्री यादवले धारणा राखिरह्दा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए । उनले आफ्नो धारणामा ७ राजनितिक दलको आलोचना गरेका थिए । उनले आफू मुख्यमन्त्री भएदेखि ७ राजिनितिक दलले गरेको क्रियाकलापलाई असंविधानिक, अराजक र अशोभनीय रहेको बताए ।

उनले आजै आफ्नो राजिनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्