विराटनगर । विराटनगर–१४ बरगाछीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ। दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षीय भीम खड्का परेका हुन्।
खड्का कोशी प्रदेश प्रहरी कार्यालय, रानीमा कार्यरत रहेको जिल्ला प्रहरीले जनाएको छ। बुधबार राति करिब ९ बजे तिर मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा ठोक्किँदा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि लगे पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।