विराटनगर । विराटनगर–४ निवासी मनिकलाल गोसाई की ७ वर्षीया छोरी आरोही गोसाई विगत तीन महिनादेखि क्यान्सरबाट ज्यान बचाउने संघर्ष गरिरहेकी छिन्। चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत आरोहीलाई ब्लड क्यान्सर (ल्यूकिमिया) भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।
स्वास्थ्यकर्मीका अनुसार उनको बोन मेरो प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ। यस्तो उपचारका लागि अनुमानित ५० देखि ६० लाख रुपैयाँसम्म खर्च हुने आकलन गरिएको छ।
आर्थिक अभावका कारण उपचार अघि बढाउन कठिन भइरहेको आरोहीका बुबा मनिक लाल गोसाईले सहयोगका लागि सबैसँग अपिल गरेका छन्। “छोरीको ज्यान बचाउन आर्थिक रुपमा जुटाउन नसकिरहेको छु। साना–साना सहयोगले पनि ठूलो साथ मिल्छ,” बुबा मनिक लालले भने।
विराटनगर–४ निवासी मनिक लाल गोसाईले छोरीको उपचारका लागि आवश्यक रकम संकलन गर्न सहयोगी मनहरूलाई आग्रह गरेका छन्।
सहयोगका लागि मनिक लाल गोसाईको बैंक खाता नम्बर तल उल्लेख गरिएको छ।
खाताको नाम ।मनिक लाल गौसाई
खाता नम्वर २१४५७५१८९५२७९००
सम्पर्क नं ९८१२३१६६८७