पुरातात्विक विभागसहितको विज्ञ टोलीद्वारा जनकपुरधामस्थित रामायण भवनको निरीक्षण

<span class='c1'>पुरातात्विक विभागसहितको विज्ञ टोलीद्वारा</span> <span class='c2'>जनकपुरधामस्थित रामायण भवनको निरीक्षण</span>

जनकपुर । जनकपुरधामको ऐतिहासिक र पौराणिक महत्व बोकेको रामायण भवनको पुनःनिर्माण एवम जीर्णाद्धारको कार्य सुरु भएको छ । पुरातात्विक विभागसहितको विज्ञ टोलीले शुक्रबार जनकपुरधामको राम मन्दिर अगाडि रहेको दुई तल्ले रामायण भवनको निरीक्षण गरेका छन् । उक्त भवनको चारवटै भित्ता र माथि छतमा राम चरित मानस लेखिएको छ भने विभिन्न रामायणकालिन घटनाहरु दर्शाउने चित्रहरु पनि कोरिएको छ। उक्त भवनमा लामो समयदेखि कसैले चासो नदिए पछि जिर्ण बन्न पुगेको थियो ।

विज्ञ टोलीले भवनको विभिन्न भागलाई फोडेर भवनमा पुगेको क्षतीबारे अध्ययन गरेका छन । निरीक्षण पश्चात सञ्चारकर्मीसंग कुरा गर्दै विज्ञ टोलीमध्येका गोकर्ण बहादुर (प्राध्यापक पुल चोक इन्जिनियरिङ् क्यामस) ले भुँई तल्लाको अवस्था राम्रै रहेको बताए । उनले भुईँ तल्लामा खासै क्षति नभएकोले मर्मत मात्र गर्नुपर्ने बताए ।

माथिको मुख्य तल्ला भने कमजोर देखिएकोले त्यस्लाई भत्काएरै पुनःनिर्माण गर्नु पर्ने अवस्था देखिएको उनले जानकरी दिए । उनले थप केही नमूना परीक्षण गर्न बाँकी रहेकाले अन्तिम सुझाव दिन केही दिन समय लाग्ने बताए । निरीक्षण टोलीमा पुरातात्विक विभागका ईन्जिनियर, गुठी संस्थानका इन्जिनियर, पुलचोक इन्जिनियरिङ्ग क्याम्पसका प्रोफेसर, जनकपुरधाम उपमहानगरपालिकाका इन्जिनियर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्