काठमाडौँ — गैरआवासीय नेपाली संघले युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ता जोडिएको प्रकरणमा माफी मागेको छ । गैरआवासीय नेपाली संघबीच समन्वय नहुँदा एउटै लेटर प्याडमा फरक(फरक विज्ञप्ति आएको भन्दै माफी मागेको हो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दे अध्यक्ष बद्री केसी र अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त व्यक्त जारी गरी उत्पन्न परिस्थितिबाट सिर्जित अवस्थाप्रति माफी मागेका हुन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका सतेन्द्र साह पक्षधरले बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको बताएको थियो ।

विकास उप्रेति अध्यक्ष रहेको राष्ट्रिय समन्वय परिषद्ले जेन(जी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाको सन्दर्भमा गैरआवासीय नेपाली संघको, राष्ट्रिय समन्वय परिषद्ले मन्त्री गुप्तालाई निमन्त्रण गरिएको बताएको छ । कार्यक्रममा मन्त्रीलाई औपचारिक निमन्त्रण गरिएको पनि जानकारी दिएको छ ।