कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन

<span class='c1'>कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई</span> <span class='c2'>आवास, खानामा मटन र चिकेन</span>

काठमाडौँ । नेपाली कांग्रेसको आइतबारदेखि शुरू हुने विशेष महाधिवेशनका लागि काठमाडौँका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ। महाधिवेशन आयोजना स्थल भृकुटीमण्डपमा शनिबार दिउँसो आयोजित विशेष महाधिवेशन नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । महाधिवेशनका लागि गठन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामंगल र गौशाला क्षेत्रका विभिन्न होटल बुक गरिएको छ।

सुन्धारा, ठमेल र एयरपोर्ट सिनामंगल गौशाला क्षेत्रमा एक–एक हजार प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको तथा थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको धमलाले जानकारी दिए। विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि होटलमा बसोबासको व्यवस्थापनका लागि प्रदेश विभाजन गरेर होटल समन्वयको जिम्मा दिइएको छ ।यसैगरी विदेशबाट आउने प्रतिनिधिहरूका लागि ठमेलस्थित इन्काउन्टर होटलमा बसोबासको व्यवस्था गरिएको छ भने अपांगता भएका व्यक्तिहरुका लागि बागबजारमा रहेको एक होटलमा व्यवस्थापन गरिएको छ ।

यसैगरी महाधिवेशन प्रतिनिधिहरुका लागि पुस २७ गते आइतबारका लागि बेलुकी सादा खानाको व्यवस्थापन गरिएको छ । २७ गतेको खाना भृकुटीमण्डपमा हल भित्रै हुनेछ । यसैगरी पुस २८ गते विहान ब्रेकफास्ट, दिउँसो मटन खानाको व्यवस्थापन गरिएको तथा बेलुकी चिकेन खानाको व्यवस्थापन गरिएको संयोजक धमलाले जानकारी दिए। महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले एक हजार रुपैयाँ शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्