काठमाडौं बाहिर पहिलो पटक: बिराटनगरमा ‘बिराट सर्जिकल अपडेट्स २०२६’ सफलतापूर्वक सम्पन्न

<span class='c1'>काठमाडौं बाहिर पहिलो पटक: बिराटनगरमा ‘बिराट</span> <span class='c2'>सर्जिकल अपडेट्स २०२६’ सफलतापूर्वक सम्पन्न</span>

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) को सभागृहमा दुई दिनसम्म सञ्चालित 'बिराट सर्जिकल अपडेट्स २०२६' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पोस्ट ग्रेजुएट एमएस (जनरल सर्जरी) रेजिडेन्टहरूका लागि आयोजित यो Exam Oriented Crash Course काठमाडौं बाहिर पहिलो पटक सञ्चालन भएको हो।

बहुविषयक शैक्षिक शल्यचिकित्सा कार्यक्रमको रूपमा आयोजित 'बिराट सर्जिकल अपडेट्स २०२६' को मुख्य उद्देश्य शल्यचिकित्सा सम्बन्धी नवीनतम ज्ञान, सीप र प्रगतिहरू साझा गर्नु रहेको थियो। उक्त कार्यक्रममा जनरल सर्जरी, जीआई सर्जरी, युरोलोजी, न्युरोसर्जरी र प्लास्टिक सर्जरी लगायत विभिन्न विभागहरूको सहभागिता रहेको थियो। आधुनिक शल्यचिकित्सामा टोलीगत दृष्टिकोणको महत्त्व झल्काउँदै एनेस्थेसिया र रेडियोलोजी विभागले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा देशभरका प्रतिष्ठित चिकित्सा शिक्षण संस्थाहरूबाट शिक्षक-चिकित्सकहरूको सहभागिता रहेको थियो। जसमा IOM (Institute of Medicine) TU, TUTH (Tribhuvan University Teaching Hospital), KIST मेडिकल कलेज, KUMS (Kathmandu University Medical School), COMS (College of Medical Sciences) चितवन, UCMS (Universal College of Medical Sciences) भैरहवा, Manipal मेडिकल कलेज पोखरा, MIHS (Madhesh Institute of Health Sciences) जनकपुर, BPKIHS (बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान), नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र BMCTH (बिराट मेडिकल कलेज टिचिङ हस्पिटल) का प्रतिष्ठित शिक्षक-चिकित्सकहरू सामेल थिए। कार्यक्रमका संयोजक एवं वरिष्ठ सर्जन प्रोफेसर डा. रोहित प्रसाद यादवका अनुसार, कार्यक्रममा ७० जना जुनियर रेजिडेन्ट र ३३ जना प्राध्यापक सर्जनहरूको सहभागिता रहेको थियो।


प्रोफेसर डा. यादवले यो गहन दुई दिने तालिमको उद्देश्य स्पष्ट गर्दै भन्नुभयो, "आगामी पीजी परीक्षाका लागि आवश्यक अवधारणा, प्रक्रियाहरू र अद्यावधिक दिशानिर्देशहरूको केन्द्रित र उच्च-उत्पादक समीक्षा प्रदान गरी शल्यचिकित्सा परीक्षाको तयारीलाई सुव्यवस्थित बनाउनु यसको मुख्य लक्ष्य हो।"कार्यक्रममा सहभागी हुनेहरूका लागि खाने बस्ने व्यवस्था निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। प्रोफेसर डा. यादवले आगामी दिनहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरू पनि आयोजना गर्ने योजना रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्