संकटको घडीमा साहसिक कदम : उमेश मोक्तान तामाङ सम्मानित

<span class='c1'>संकटको घडीमा साहसिक कदम :</span> <span class='c2'>उमेश मोक्तान तामाङ सम्मानित</span>

काठमाडौं । गएको जनवरी २ मा काठमाडौंबाट भद्रपुरतर्फ उडेको उडान नम्बर ९०१ मा उत्पन्न आकस्मिक र कठिन परिस्थितिमा यात्रु उमेश मोक्तान तामाङले देखाएको साहस र मानवीय संवेदनशीलताको उच्च कदर गरिएको छ।

उडानका क्रममा समस्या आएपछि तामाङले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गर्दै अन्य यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको यही सतर्कता र तत्परताका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ । उनले देखाएका साहसिक योगदानको सम्मानस्वरूप आज भद्रपुरमा आयोजित कार्यक्रममा रु. १ लाख नगद पुरस्कारसहित विशेष सम्मान प्रदान गरिएको हो। आयोजक संस्थाले संकटको क्षणमा तामाङले देखाएका नेतृत्व, धैर्य र मानवताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै उनको कार्यले सबैका लागि प्रेरणादायी भएको जनाएको छ ।

सामान्य यात्रु भएर पनि असामान्य साहस देखाउन सकिन्छ भन्ने उदाहरण बनेका उमेश मोक्तान तामाङ आज केवल सम्मानित व्यक्ति मात्र होइनन्, संकटमा मानवताको उज्यालो बनेका पात्रका रूपमा स्मरणीय बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्