सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन

<span class='c1'>सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा</span> <span class='c2'>काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको शाख बलियो हुनेगरी काम गर्न आग्रह गरे ।

सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासीक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म र भावना अनुसार सुशासन कायम गर्न,भ्रष्ट्राचार नियन्त्रण गर्न र निर्वाचन सफल पार्ने गरी जनताको पक्षमा काम गर्न आग्रह गर्दै उनले सकारको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष भण्डारीले सरकारको प्रस्ताव स्वीकार गरी गर्भिलो इतिहास बोकेको संस्थानको अध्यक्ष बनेको भन्दै आफ्नो योग्यता र क्षमताले भ्याए सम्म संस्थानको सुधार गर्दै जनताको पक्षमा काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्