विराटनगरको हिमालय रोडमा भोलीबाट सडक महोत्सव , सम्पुर्ण तयारी पुरा

<span class='c1'>विराटनगरको हिमालय रोडमा भोलीबाट सडक</span> <span class='c2'>महोत्सव , सम्पुर्ण तयारी पुरा</span>

विराटनगर । विराटनगरको हिमालय रोडमा भोली माघ १ गतेबाट हुन गहिरहेको पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव’ को सम्पुर्ण तयारी पुरा भएको छ । विराटनगर महानगरपालिकाको मुख्य प्रबद्र्धनमा विगत चार वर्षदेखि निरन्तर हुँदै आएको सडक महोत्सव यस वर्षको पनि सम्पुर्ण तयारी पुरा भएको हो । मन्जिना मुभिज क्रिएसनको आयोजनामा हुन गहिरहेको ५ दिने सडक महोत्सव खानाका स्टल तथा स्टेज सजावटको तयारी धमाधम भईरहेको छ ।bमहोत्सव आयोजक मन्जिना मुभिजका निर्देशक जतिन ताम्राकारका अनुसार, विराटनगरलाई मनोरञ्जन र पर्यटनको हब बनाउने उद्देश्यका साथ आयोजना हुन गहिरहेको सडक महोत्सवको कार्य सबै पुरा भएको छ।


महोत्सवको मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका परम्परागत खानाका परिकारहरू रहनेछन् । महोत्सवमा नेवारी, थारु, राजवंशी, लिम्बू लगायतका विभिन्न आदिवासी जनजातिका रैथाने स्वादसँगै विराटनगरका होटल तथा रेष्टुराका विशिष्ट परिकारहरू समेत समावेश गरी कुल २५ वटा फुड स्टलहरू रहने ताम्राकारले आवर विराटनगरलाई जानकारी दिए ।

साथै सडक महोत्सवलाई उल्लासमय बनाउन हरेक साँझ सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । आफ्नो कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै सबै वर्ग र समुदायका व्यक्तिहरूलाई भावनात्मक रूपमा जोड्ने लक्ष्य महोत्सवले लिएको हुनाले आम दर्शकलाई कार्यक्रममा सहभागिता जनाईदिन पनि आयोजकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्