सर्लाहीमा जनमत पार्टीले उम्मेदवारको टुंगो लगायो, मनोनयन दर्ता गर्दै

<span class='c1'>सर्लाहीमा जनमत पार्टीले उम्मेदवारको टुंगो</span> <span class='c2'>लगायो, मनोनयन दर्ता गर्दै</span>

सर्लाही । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सर्लाही जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनता माझ लोकप्रियता र स्थानीय मुद्दामा पकड भएका उम्मेदवार अघि सारेको जनाएको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रीन्जय महतो, क्षेत्र नम्बर – २ बाट बिपिन कापर, क्षेत्र नम्बर–३ बाट सुनिल प्रसाद गुप्ता र क्षेत्र नम्बर–४ बाट राकेश कुमार मिश्रलाई उम्मेदवार बनाएको छ । जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवका अनुसार मधेशको अधिकार, सुशासन, रोजगारी र विकासलाई मुख्य एजेन्डा बनाएर उम्मेदवार छनोट गरिएको हो। उनले अनुभवी, स्थानीय समस्यासँग नजिक र संगठन विस्तारमा योगदान दिन सक्ने व्यक्तिलाई प्राथमिकता दिइएको बताए।

आज चारै निर्वाचन क्षेत्रमा बाजागाजासहित उम्मेदवारी दर्ता गर्ने तयारी गरेको जनमत पार्टीले सर्लाहीभर व्यापक चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ ।
मधेशको सम्मान, समान अधिकार र दिगो विकासका लागि आफू नै भरपर्दो राजनीतिक विकल्प भएको सन्देश जनतामाझ पु¥याउने पार्टीको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्