विराटनगर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङबाट ११८ जनाले उमेदवारी दर्ता गराएका छन् । जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमा जम्मा ११९ जनाले उमेदवारी दर्ता गराएपनि एकजना स्वतन्त्र उमेदवारको निर्वाचन खर्च विवरण पेस नगरेका कारण निर्वाचन आयोगको वेवसाइटमा इन्ट्री हुन सकेको छैन ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार क्षेत्र नम्बर १ मा १८, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २०, क्षेत्र नम्बर ५ मा २२ र क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ । मोरङ ४ मा एकजनाको नाम प्रविष्ट हुन नसकेको हो । दिनभर शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सम्पन्न भएको छ ।