विराटनगर । विराटनगरको सहिद रंगाशालामा शुक्रबार बिहानैदेखी खचाखच भयो । अधिकांश पढेलेखेका युवाहरु उपस्थित थिए । अरुबेला रंगशालामा विभिन्न प्रतियोगिता हुने गरेको थियो । तर, शुक्रबार बिहान देखिएको युवाहरुको उपस्थिति भने आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनको लागि लिखित परीक्षा दिन आएका परीक्षार्थीहरु थिए । यसले के दर्शाउँथ्यो भने–नेपालको बेरोजगारी ।
निर्वाचन प्रहरीको भर्ना सूचना खुलेको दिनदेखि जिल्ला प्रहरी कार्यालयमा फारम भरेर ४० दिने रोजगारीका लागि हैरान खेपिरहेका युवाहरुको शारिरीक परीक्षण परीक्षा उत्तिर्ण गरेर लिखितमा सामेल भएका हुन् । ४० दिनको लागि जागिर खान आउनुपर्ने उनीहरुको रहर भन्दा पनि कतिपयको वाध्यता पनि थियो । ४० दिनसम्म भएपनि नेपाल सरकारको जागिरको अनुभव लिनआएको अधिकास परीक्षार्थीहरुले बताईरहेका थिए ।
मोरङको लागि ४ हजार ९९४ जना निर्वाचन प्रहरीको आवेदन माग गरिएको थियो । जसमा सात हजार बढीले आवेद दिएका थिए । लिखित परीक्षामा भने ५ हजार ८ सय ३५ जना सहभागी भएको जिल्ला प्रशासन कार्यलय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोईरालाले जानकारी दिएका छन् ।
लिखित परीक्षाको नतिजा भने भोली शनिबार बेलुकासम्म जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेजमा प्रकाशित हुने जनाइएको छ । साथै लिखित परीक्षाबाट उत्तिण हुनेहरुको आईतबार विहानदेखी जिल्ला प्रहरी कार्यालय मोेरङको खालि मैदानमा मौखिक अन्र्तवार्ता हुने सहायक प्रमुख जिल्ला अधिकारी काईरालाले बताएका छन् ।